कोशी प्रदेश समाचार समाज

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पन्चु पासवान पक्राउ

बिराटनगर, जेठ १२ गते । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ३ का ४५ वर्षीय पन्चु पासवान रहेका छन ।
पासवानले मोरङको कटहरी गाउँपालिका ५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनि ३ लाख ३० हजार रूपैँया नगद लिई ठगी गरेको प्रहरीले जनाएको छ । उक्त सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
जेष्ठ १२ गते पक्राउ परेका पासवानको ठगी कसुरमा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

   

You cannot copy content of this page