कोशी प्रदेश समाचार समाज

खोलाले बगाउँदा ४ वर्षीय बालकको मृत्यु

संखुवासभा, जेठ २४ गते । संखुवासभामा खोलाले बगाउँदा ४ वर्षीय बालकको मृत्यु भएको छ ।
भोटखोला गाउँपालिका २ च्यामताङ घर भई हाल भोटखोला गाउँपालिका ४ स्याक्सिलागोला बजारमामा बस्दै आएका नापाङ भोटेको ४ वर्षीय छोरा नामायाङ भोटेको स्कुलबाट घर फर्कने क्रममा खोलाले बगाउदा मृत्यु भएको हो ।
बुधबार दिउँसो साढे ३ बजे श्री कृष्ण माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत भोटे छुट्टि भए पश्चात विद्यालय पछाडी रहेको वाङ खोलामा खेल्ने क्रममा निज बालकलाई खोलाले बगाएको थियो । उक्त खबर प्राप्त भएसगै खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा उक्त बालकलाई खोलाको ढुङगाको चेपमा मृत अवस्थामा फेला पारेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page