समाचार समाज

सुनकोशी नदीमा डुबेकी २१ वर्षीय किशोरीको शव फेला

काठमाडौँ । सुनकोशी नदीमा डुबेकी किशोरीको शव फेला परेको छ । सोमबार सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ हैवारस्थित सुनकोशी नदीमा डुबेकी गोलन्जोर गाउँपालिका–६ मेवाबोट बस्ने २१ वर्षीय चन्द्रकला हायुको शव सशस्त्र प्रहरीले फेला पारेको हो ।
चन्द्रकला लुगाधुने क्रममा चिप्लियर नदीमा डुबेकी थिइन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट खटिएको टोलीले उनको शव घटनास्थल नजिकै फेला पारेको जनाएको छ ।

   

You cannot copy content of this page