कोशी प्रदेश समाचार समाज

सुन्दरहरैचामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

बिराटनगर, २७ साउन । मोरङको सुन्दरहरैचामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका- १० बागझोडाका ५८ वर्षीय लक्ष्मण नेपाललाई आफ्नै श्रीमती ४१ वर्षीया पबित्रा फुयल (नेपाल)को हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो  । 
आइतबार बिहान ११ बजे दुबै जना बिच घरायासी बिषयमा सामान्य वाद बिबादको क्रममा लक्ष्मण नेपालले धारिलो हतियार खुकुरीले शरिरको बिभिन्न भागमा प्रहार गर्दा पबित्रा घाईते भएकी थिइन् । घाइते उनलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको थियो । 
हत्यामा संलग्न श्रीमानलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रकृया भईरहेको जनाएको छ ।

   

You cannot copy content of this page