बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

हनुमाननगरका शिक्षक कर्मचारीले सुरु गरेको आन्दोलन चौथो दिन पनि जारी

कञ्चनरूप । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षक कर्मचारीले सुरु गरेको आन्दोलनलाई निरन्तरता दिएका छन् ।
तलव माग्दै नगरपालिकाको कार्यालय अगाडि धर्ना दिन सुरु गरेका उनीहरुले बुधबार चौथो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
गत साउन महिनादेखि हालसम्म पनि तलव नदिएपछि उनीहरु विद्यालय बन्द गरी नगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन्  । मुख्य चाडको समयमा समेत तलव उपलब्ध नगराएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको शिक्षक राजकुमार पण्डितले बताउनुभयो  ।
शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रेपछि नगरपालिकाभित्रका ३० विद्यालयको पठनपाठन चार दिनदेखि अवरुद्ध रहेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page