बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाज

सप्तरी प्रहरीद्वारा वन मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी पक्राउ

कञ्चनरूप, १९ कात्तिक । सप्तरी प्रहरीले वन मुद्दामा दोषी ठहर भइ फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय कञ्चनरूप र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले वन मुद्दाका फरार प्रतिवादीलाई आइतबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कञ्चनरूप-९ का राजेन्द्र यादव, शम्भुनाथ नगरपालिका ७ का फागु सदा, दिपेन सरदार , दिपेश सरदार र दिल कुमार सरदार रहेका छन् । 
उनीहरुलाई जरीवाना र कैद भुक्तानका लागि सप्तरी जिल्ला अदालत राजविराजमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page