बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सप्तरीको कञ्चनरुप–४ स्थित त्रियुगा नदीमा नुहाइरहेका दुई बालिकाको डुबेर मृत्यु ,एक बेपत्ता  

कञ्चनरूप, १९ कार्तिक । सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । एकजना बेपत्ता छन्।
सोमबार दिउँसो १२ बजेतिर धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेका थिए । 
नुहाउँदै गर्दा केराको थाम समातेको अवस्थामा उनीहरु पानीको वहावमा परेर डुबेका थिए ।
स्थानीयका अनुसार मृत्यु हुनेमा कञ्चनरूप-४ का श्रवण महतोकी ९ वर्षीया छोरी प्रतिभा महतो, सुरेश सदाकी ७ वर्षीया छोरी जितनी सदा र श्याम कुमार खङ्गकी ८ वर्षीया छोरी काजल खङ्ग रहेका छन्। 
घटनामा दुई बालिकाको शव फेला परेको छ भने एक जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 
काजल अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी छ। 

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page