समाचार समाज

प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गयो 

प्युठान, २३ कात्तिक । प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गएको छ । मोटरसाइकलको ठक्करबाट मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बिहीबार साँझ ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले ठक्कर दिँदा श्रीजलको ज्यान गएको हो ।
 जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए । घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक प्युठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिई थप कानुनी प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

   

You cannot copy content of this page