बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

चोरी तथा डाँका मुद्दाका फरार प्रतिवादी २६ वर्षीय यादव पक्राउ 

कञ्चनरूप, ८ मङ्सिर । सप्तरी प्रहरीले चोरी तथा डाँका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका २ का २६ वर्षीय सन्तोष कुमार यादव नामले चिनिने भोगना भन्ने भोगेन्द्र यादव रहेको प्रहरीले जनाएको छ । 
इलाका प्रहरी कार्यालय पातोबाट खटिएका प्रहरी टोलीले गाउँघरमा लुकीछिपी बसेको अवस्था बिहिवार यादवलाई पक्राउ गरेको हो । 
इलाका प्रहरी कार्यालय लहान सिरहामा २०८० पुस ४ गते चोरी तथा डाँका मुद्दा दर्ता भइ फरार रहेका यादवलाई गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभएको छ । 
यादवलाई कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहान सिरहालाई आइतबार बुझाइएको डिएसपी बस्नेतले बताउनुभयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page