बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीको सप्तकोसीमा अर्नाको आक्रमणबाट खत्री गम्भीर घाइते 

फत्तेपुर, २६ मंसिर । सप्तरीमा अर्नाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन । जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर ३ सखुवनीमा मंगलबार अर्नाको आक्रमणमा परी ४२ वर्षीय गोपाल खत्री सख्त घाइते हुनुभएको हो ।
आफ्नै खेतमा लगाइएको तोरीबारी हेर्न गएको बेला खत्री अर्नाको आक्रमणमा परी सख्त घाइते भएको सप्तकोसी नगरपालिका वडा नम्बर ३ का वडा सदस्य रमेश थापाले बताउनुभयो ।
घाइते खत्रीलाई स्थानीयले तत्कालै उद्वार गरी कञ्चनरुप १२ स्थित धर्मेस्वर हस्पिटल उपचारका लागि भर्ना गरिएको थियो ।
गम्भीर घाइते खत्रीको त्याहाँ उपचार हुन नसके पछि थप उपचारको लागि नोबेल हस्पिटल विराटनगर रेफर गरिएको वडा सदस्य थापाले जानकारी दिनुभयो।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page