बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाज

रोकिराखेको ट्याक्टरमा स्कुटर ठोकिँदा सप्तरीका दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौं । रोकिराखेको ट्याक्टरमा स्कुटर ठोकिँदा सप्तरीका  दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बर्दियाको गुलेरिया नगरपालिका-४ पुरानो ट्राफिक कार्यालयस्थित हुलाकी सडक खण्डमा बा ६८ प ७०३६ नम्बरको स्कुटर रोकिराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्कुटर चालक सप्तरीको रुपनी गाउँपालिका स्थायी घर भई गुलेरिया-६ बस्ने ३७ वर्षीय रामकुमार साह र उनी छोरी ६ वर्षीया विद्याको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार स्कुटरमा सवार साहकी श्रीमती रुवी र २ वर्षीय छोरा प्रिन्स घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साहले चलाएको स्कुटर रोकिराखेको ट्याक्टरमा ठोक्किएको थियो ।
घाइते बाबु छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र रुवी र प्रिन्सको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।
यता प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । 

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page