बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीको हनुमाननगरमा अर्नाको आक्रमणबाट ७० वर्षीय बृद्धको मृत्यु

रवि शर्मा /
भारदह, ३ पुस । सप्तरीमा अर्नाको आक्रमणबाट बुधबार बिहान एक जना वृद्धको मृत्यु भएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–९ मा अर्नाको आक्रमणबाट स्थानीय ७० वर्षीय शुभेलाल मण्डलको मृत्यु भएको हो ।
खेतमा काम गर्दै गरेका वेला अर्नाले उनलाई आक्रमण गरेको स्थानीयले जनाएका छन् । अर्नाको आक्रमणबाट गम्भिर घाईते अवस्थामा फेला परेका मण्डललाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए।
उनलाई उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page