बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सप्तरी प्रहरीद्वारा १०० किलो गाँजा बरामद 

कञ्चनरूप, ८ पुस । सप्तरी प्रहरीले १ सय केजी गाँजा  नियन्त्रणमा लिएको छ । 
जिल्लाको बलानबिहुल गाउँपालिका वडा नं.०६ शेहरा चौक भन्दा १ कि.मि.पुर्व स्थित नेपालबाट भारत तर्फ अवैध रुपमा लुकाई छिपाई लगिरहेको अवस्थामा उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।
टाँउकोमा बोराहरु बोकी लादै गरेको अवस्थामा प्रहरी टोलीहरुलाई देखि बोराहरु सोही स्थानमा छाडी मानिसहरु भारत तर्फ भागि फरार भएका थिए । उक्त बोराहरु खोली चेकजाँच गर्दा सो बोराहरु भित्र १०० किलो लागू औषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page