बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाचार

धरानबाट गाँजा बोकेको कार सहित २ जना पक्राउ

सुनसरी, १३ पुस । सुनसरी प्रहरीले धरानबाट गाँजा बोकेको सवारी साधन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार र चालक उदयपुर वेलका नगरपालिका-९ का २३ वर्षीय तिर्थ दर्जी र कारमा सवार बराहक्षेत्र नगरपालिका-१ का ४० वर्षीय कृष्ण बिसुङ्खे रहेका छन् ।
धरान उप-महानगरपालिका-४ स्थिबाट लागुऔषध गाँजा बोकेको ग.२ च ८११७ नम्बरको कार सहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
शुक्रबार दिउँसो विशेष सुचानको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको  ग. २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी भित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा वरामद गरेको छ । 
गाँजा बरामद भए संगै उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page