बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

कञ्चनरूप नगर क्षेत्रका विद्यालयहरूमा पाँच दिन जाडो बिदा

कञ्चनरूप, ४ माघ । चिसो बढ्दै गएपछि सप्तरीको कञ्चनरूप नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरूमा पाँच दिनका लागि जाडो बिदा दिएको छ । शीतलहरूसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै नगरपालिकाले विद्यालयहरूमा शुक्रबारदेखि पाँच दिनका लागि जाडो बिदा दिएको हो ।
नगरपालिकाले  वर्षे बिदामा कट्टा हुने गरी माघ ४ गते शुक्रबारदेखि माघ ९ गते बुधबारसम्म कञ्चनरूप नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिइएको कञ्चनरूप नगरपालिका शिक्षा शाखा अधिकृत प्रेमकुमार चौधरीले जानकारी दिनुभयो ।
अब नगरका विद्यालयहरू माघ १० गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने नगरपालिकाका शिक्षा समितिका संयोजक प्रमोद कटुवाले जानकारी दिनुभयो ।
सप्तरी सहित तराई–मधेसमा माघ १ गते देखि फेरी चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ । हुस्सु लाग्नुका साथै शीतलहर पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page