समाचार

सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ पक्राउ 

राजविराज, १० माघ । सप्तरीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा जिल्लाको बिष्णुपुर गाउँपालिका–१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डल रहेको सप्तरी प्रहरीले जनाएको छ ।
अकलेशले बुधबार बिहान विद्यालय गइरहेकी किशोरीलाई विष्णुपुर गाउँपालिका–७ स्थित कोशी पश्चिमी नहरको दक्षिणी डिल छेउमा बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । 
प्रतिकार गर्ने क्रममा किशोरीको बायाँहात भाँचिएको छ भने शरीरका विभिन्न भागमा नीलडाम समेत रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।  
कक्षा ११ मा पढ्ने किशोरीकै जाहेरीका आधारमा आरोपी अकलेशलाई बुधबार साँझ पक्राउ गरिएको डिएसपी बस्नेतले बताउनुभयो।
यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

You cannot copy content of this page