समाचार

प्रेस चौतारी नेपाल मोरङको अध्यक्षमा चिना थापा

विराटनगर । प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन शनिबार बिराटनगरमा सम्पन्न भएको छ ।
अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको खुल्ला उपाध्यक्षमा शशोक पौडेल निर्वाचित हुनुभएको छ भने समावेशी उपाध्यक्षमा रञ्जना अधिकारी चुनिनु भएको छ ।
यसै गरी सचिवमा नवराज भट्टराई निर्वाचित हुँदा खुल्ला सहसचिवमा कृष्णचन्द्र सुवेदी निर्वाचित हुनुभएको छ । समावेशी सहसचिवमा राजकुमारी तामा निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा भने पुण्यप्रसाद अधिकारी चुनिनु भएको छ ।
त्यसैगरी सदस्यहरूमा विसान्त ढुंगाना, विशाल भण्डारी, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, सिसिर राई, शिवकिशोर परिहसब, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोम दाहाल, कूलदीप बास्तोला, विवेक खतिवडा र सुमता भट्टराई निर्वाचित हुनुभएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको अधिवेशनको उद्घाटन समारोहमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियाे ।

   

You cannot copy content of this page