मोरङ, १३ माघ । मोरङको लेटाङबाट हरिणको मासु सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेटाङ नगरपालिका-९ का स्थानीय ४७ वर्षीय कुमार राई रहेका छन् ।
शनिबार लेटाङ नगरपालिका-९ स्थित हरियालि सामुदायिक वन स्थितबाट काट्दै गरेको हरिणको मासु सहित राईलाई प्रहरीले पक्राउ गरेको हो ।
साँझ बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी जाँते र इलाका वन कार्यालय मंगलबारेबाट खटिएको टोलीले राईलाई हरिणको मासु काट्दै गरेको अवस्थामा वनमा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।



