बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरीमा करेन्ट लागेर ४० वर्षीय चौधरीको मृत्यु

कञ्चनरूप, १५ माघ । सप्तरीमा करेन्ट लागेर मंगलबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ भुर्कीका ४० वर्षीय संजय कुमार चौधरी रहेको सप्तरी प्रहरीले जनाएको छ ।
चौधरी मंगलबार विहान घर नजिकै बारीमा मोटरबाट पानी लगाउने क्रममा तारबाट करेन्ट लागेर सख्त घाइते भएका थिए । घाइते चौधरीको उपचारको क्रममा राजविराज अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page