समाचार समाज

अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर लाखौं रकम ठगी गर्ने २ जना पक्राउ

कञ्चनरूप, २३ फागुन । सप्तरी प्रहरीले अर्काको नागरिकता किर्ते गरी लाखौं रकम ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खोल्ने राजविराज ५ का २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुण कुमार यादवलाई सार्वजनिक गरेको हो । 

२०८० साल असारमा एक जनाको हराएको नागरिकतामा अभिषेकले अरूणको फोटो टाँसी विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोलेका थिए । बैंकमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौंको रकम ठगी गरिरहेको पाइएको अवस्थामा दुबैलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरि अन्य अनुसन्धान गरिरहेको जनाएको छ ।

   

You cannot copy content of this page