बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

हनुमाननगरको ‘शर्मा साउण्ड सर्भिस पसल’मा आगलागी हुँदा लाखौंको क्षति

कञ्चनरूप, १७ चैत । सप्तरीको हनुमाननगरमा आगलागीमा तीन परिवारको घर जलेर लाखौं क्षति भएको छ ।  

शनिबार हनुमाननगर कंकालिनी नगरपालिका ९ का अमित शर्मा, हरेराम रजक र गौतम शर्माको घरमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । 

अमितको ‘शर्मा साउण्ड सर्भिस पसल’मा विधुत सर्ट भई आगलागी हुँदा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीमा छिमेकी हरेराम रजक र गौतम शर्माको घरमा पनि क्षति पुगेको प्रहरीले बताएका छन् । 

आगो हनुमाननगर कंकालिनी नगरपालिकाबाट गएको दमकल, स्थानीयबासी प्रहरीले नियन्त्रणमा लिएका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page