सुनसरी, ७ वैशाख । सुनसरीको दुहबीबाट प्रहरीले ११६ किलो गाँजा सहित कार नियन्त्रणमा लिएको छ । शनिबार बेलुका दुहबी-४ स्थितबाट १ सय १६ किलोग्राम गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिको प्रहरी टोलीले दुहबी- ४ मालहट्टी स्थितमा चेकजाँचको क्रममा बा. ७ च ९२६३ नम्बरको मारुती कारको डिकी भित्र ४ वटा जेब्रा झोलामा १ सय १६ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न रहेका कार चालकको खोजतलास तथा अन्य अनुसन्धान कार्य भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

