बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

रूपनगर नन्दराज संग्रौला क्याम्पसमा फौजदारी न्यायबारे अन्तरक्रिया 

कञ्चनरूप, ८ जेठ । सप्तरीको कञ्चनरूप-१२ स्थित रहेको रूपनगर क्याम्पसमा बिहीबार ‘समुदायमा सरकारी वकील’ विषयमा अन्तर्क्रिया आयोजन गरियो छ । रूपनगर नन्दराज संग्रौला क्याम्पसले उच्च सरकारी वकील कार्यालय, राजविराजसँग मिलेर सो कार्यक्रम सञ्चालन गरेको हो ।
सहायक-न्यायाधिवक्ता विकास बञ्जाराले फौजदारी न्यायका विषयमा समुदायका हरेक सदस्यले जान्नुपर्ने विभिन्न पक्षबारे प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुति पछि विद्यार्थी, शिक्षक, कर्मचारीले सरकारी वकीलहरूसँग फौजदारी मुद्दाका विविध पक्षमा सवाल जवाफ गरेका थिए।
कार्यक्रमको मूल विषय फौजदारी मुद्दा तोकिएको भए पनि अन्तरक्रियाको क्रममा सहभागीहरूले साइबर कानून, वैवाहिक समस्या, पारपाचुके, बालबालिकाका समस्या जस्ता विषयमा धेरै जिज्ञाशा राखेका थिए । उप-न्यायाधिवक्ता नवराज रेग्मी, सहायक न्यायाधिवक्ता विद्यानन्द साह लगायत विज्ञले प्रश्नहरूका जवाफ दिनुभएको थियो।
रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न अन्तर्क्रिया कार्यक्रमको सभापतित्व सह-न्यायाधिवक्ता धर्मअवतार कोइरालाले गर्नुभएको थियो।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page