बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाज

सप्तरीमा घाँस काट्ने क्रममा रुखबाट लडेर फुयालको मृत्यु

कञ्चनरूप, ७ कार्तिक । सप्तरीमा बिहीबार बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर २ प्रसाहाका ६२ वर्षीय पर्शुराम फुयालको रुखबाट लडेर मृत्यु भएको हो । 

स्थानीय रमेश थापाका अनुसार फुयाल भाइ टीकाका दिन बिहान ८ बजे तिर घरबाट बाख्रा खसीलाई घाँस काटने क्रममा रुखबाट लड्नु भएको थियो । उहाँको परसाहा सामुदायिक वनमा घाँस काट्न क्रममा रुखको हाँगा भाँचिइ भुईँमा लडी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फुयालको शव राजबिराज स्थित गजेन्द्र नारायण सिंह  अस्पतालमा पोस्टमार्टम पछि शुक्रबार त्रियुगा आर्यघाटमा अन्तेष्टी गरिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page