बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सप्तरीमा विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादी समातिए

कञ्चनरूप , ३ मंसिर । सप्तरी प्रहरीले विभिन्न मुद्दाका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर ७ का शिवनारायण यादव , राजविराज ९ का  सरोज कुमार यादव , विष्णुपुर गाउँपालिका ६ का महेन्द्र कुमार राय र विष्णुपुर ६ कै समीर भन्ने कारी राय रहेका छन् ।

अदालतले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा शिवनारायणलाई १६ हजार ६ सय रुपैयाँ जरिवाना , सरोज कुमारलाई लुटपिट मुद्दामा १ हजार रुपैयाँ जरिवाना , महेन्द्र कुमारलाई कुटपिट मुद्दामा २ हजार रुपैयाँ जरिवाना र कारीलाई कुटपिट मुद्दामा २ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । 

कैद सजाय तथा जरिवाना तोकिएका तर लामो समयदेखि फरार रहेका उनीहरूलाई प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरी अदालती प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको  ।

उनीहरुलाई कारवाहीका लागि जिल्ला अदालत राजविराजमा पेश गरिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page