सुनसरी, ६ वैशाख । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
शनिबार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा बिआर १० पिबि २२४१ नम्बरको स्कार्पियो गाडी रोकेर जाँच गरेको थियो। जाँचका क्रममा गाडीको सिटमुनी लुकाइछिपाइ राखिएको अवस्थामा ५९ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएसँगै गाडी चालक भारतको सुपौल निवासी सुवोध कुमारसहित गाडीमा सवार रोहित कुमार र मोहम्मद जमशेरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।















