समाचार

नेपाल पत्रकार महासंघ सप्तरीको साधारणसभा वैशाख २५ गते भारदहमा हुने

कञ्चनरुप, ९ वैशाख । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको साधारणसभा आगामी वैशाख २५ गते हुने भएको छ ।
बुधबार नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा राजविराजस्थित महासंघको कार्यालयमा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।
महासंघका सह-सचिव डम्बर राईका अनुसार साधारणसभा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित भारदहमा आयोजना गरिनेछ ।
केन्द्रीय समितिको निर्देशन बमोजिम वैशाख २१ गतेदेखि जेठ ३ गतेभित्र सबै जिल्ला शाखाहरूले साधारणसभा सम्पन्न गर्नुपर्ने कार्यतालिका अनुसार सप्तरी शाखाले निर्धारित मितिमा साधारणसभा गर्ने निर्णय गरेको जनाएको छ ।

   

You cannot copy content of this page