कञ्चनरूप, ११ वैशाख । जिल्ला प्रहरी कार्यालय सप्तरीले जबरजस्ती करणीको आरोपमा एकज युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको महादेवा ज वडा नं. २ बस्ने १९ वर्षीय महेश भन्ने निरज खंग रहेका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खंगलाई राजविराज नगरपालिका वडा नं. ४ स्थित छिन्नमस्ता अस्पताल अगाडिबाट माघ शुक्रबार दिउँसो १६:३० बजे नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गत वैशाख ५ गते बिहानको राति करिब १:०० बजेको समयमा १६ वर्षीया एक बालिकालाई उनकै भान्सा कोठामा सुतिरहेको अवस्थामा खंगले डर-धम्की देखाई इच्छा विपरीत जबरजस्ती करणी गरेको उजुरी परेको थियो।
पक्राउ परेका खंगलाई सम्मानित सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।










