बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
शिक्षा

कक्षा १२ को परीक्षा भोलीदेखि सुरु हुँदै, ४ लाख १८ हजारभन्दा बढी सहभागी

सप्तरी । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (Class 12 Board Exam) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बोर्डले एक सूचना जारी गर्दै आगामी २०८३ वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने परीक्षाको समयतालिका यसअघि नै सार्वजनिक गरिसकेको स्मरण गराएको छ। परीक्षा बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुनेछ ।

यस वर्ष देशभरका १,४२१ परीक्षा केन्द्रहरूबाट करिब ४ लाख १८ हजारभन्दा बढी विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन् । 

बोर्डका सदस्य सचिव जङ्ग बहादुर अर्यालद्वारा हस्ताक्षरित अपिलमा परीक्षालाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवालाहरूसँग सहयोगको माग गरिएको छ। बोर्डले परीक्षा लगत्तै नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको समेत जनाएको छ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवाला निकायलाई बोर्डले अपिल गरेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page