समाचार

सप्तरीमा प्रतिबन्धित औषधिसहित एक युवक पक्राउ

कञ्चनरुप, १६ वैशाख । सप्तरीको बलानविहुल गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित औषधिसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बलानविहुल गाउँपालिका वडा नं. ४ बेल्हीका २४ वर्षीय रोशन कुमार ठाकुर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत वैशाख १४ गते राति ११ः५० बजेको समयमा प्रहरी चौकी बेल्ही सप्तरीबाट खटिएको गस्ती टोलीले बलानविहुल गाउँपालिका वडा नं. ४ बेल्हीस्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०१-००४ प ४९३५ नम्बरको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्दा लुकाएर ल्याइएको विभिन्न प्रतिबन्धित औषधिहरू बरामद भएको थियो।
प्रहरीले मोटरसाइकलमा लुकाइएको अवस्थामा फेन्सिडिल (PHENSEDYL-DX): १० बोतल (१०० मि.लि.), बी-कोलेन सिरप (B-COLEN NS-SYRUP): ५ बोतल (२०० मि.लि.), फिमोन-एलसी-आइसिड सिरप (FIMONT-LC-ICID SYRUP): ५ बोतल, सुमो (SUMO): ५ वटा (३० ग्राम), क्लोबेटा जीएम (CLOBETA GM): ५ वटा (१० ग्राम), न्युरोबायोन-फोर्ट (NEUROBION-FORTE): २ पत्ता (६० चक्की), आरिसोमोक्स (ARISOMOX CV625): २ पत्ता (४० चक्की), टिजान (TIZAN): २ पत्ता (२० चक्की), रेडमी मोबाइल १ थान, मोटरसाइकल १ थान बरामद गरेको छ ।
पक्राउ परेका ठाकुरलाई बरामद औषधि र मोटरसाइकलसहित आवश्यक कानुनी कारबाहीका लागि वैशाख १५ गते औषधि व्यवस्था विभागको कार्यालय, विराटनगर पठाइएको प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभएको छ।

   

You cannot copy content of this page