समाचार समाज

सप्तरी : लेनदेन मुद्दाकी फरार प्रतिवादी यादव पक्राउ

कञ्चनरूप, १६ वैशाख । लेनदेन मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले राजविराज नगरपालिका वडा नं. १० निवासी रीता कुमारी यादवलाई पक्राउ गरेको हो।

सप्तरी जिल्ला अदालतबाट कैद सजाय सुनाइएका यादव फैसला कार्यान्वयनको सिलसिलामा फरार रहँदै आएकी थिइन् । प्रहरीले उनलाई खोजतलास गर्ने क्रममा वैशाख १५ गते फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पक्राउ परेकी प्रतिवादी यादवलाई सोही दिन जिल्ला अदालत राजविराजमा उपस्थित गराइएको थियो। अदालतको आदेश अनुसार उनलाई १ वर्षको कैद भुक्तानका लागि कारागार कार्यालय राजविराज पठाइएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।

पछिल्लो समय सप्तरी प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिँदै फरार प्रतिवादीहरूको खोजी कार्यलाई कडाइका साथ अगाडि बढाएको छ।

   

You cannot copy content of this page