साहित्य / लेख रचना

भोजराज रेग्मी (मुखाले) को कविता : “आज रमिता छ” 

भोजराज रेग्मीको कविता : “आज रमिता छ” 

आमालाई के भो कुन्नी !

 बोली फेर्नु भो !

छोरालाई के भो कुन्नी !

लाइराको  चोली फेर्नु भो 

डोजरले जोगाएको छाती 

घण्टीमा झुण्ड्याएर 

दाजैले एक्कासी गर्दन थाप्नु भो 

 ” परिवर्तन” को पासोमा परेर 

 पछुतोको सितनसँग

जिल खाँदैछौँ हामी  

ए इबरा दाजु ! 

तपाइँलाई सम्झेछ कि सरकारले 

फेरि आज रमिता छ ।

******

उहाँ सप्तरीको कञ्चनरूप १२ रुपनगर टोल हाल काठमाडौंमा बसोबास गर्नुहुन्छ

   

You cannot copy content of this page