समाचार समाज

१८ वर्षीया किशोरीमाथि सामूहिक जबर्जस्ती करणी, आरोपमा तीन पक्राउ

कैलाली, २४ जेठ । कैलालीमा १८ वर्षीया किशोरीमाथि सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१६ स्थितमा एक किशोरीमाथि सामूहिक जबर्जस्ती करणी भएको भन्ने उजुरीका आधारमा प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका–१६ का २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान जारी रहेको जनाएको छ ।

   

You cannot copy content of this page