कञ्चनरूप, २५ जेठ । प्रहरीले कञ्चनरूपमा १६ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । कञ्चनरूप नगरपालिका–८ का १५ वर्षीय एक किशोरलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जेठ २३ गते बिहान करिब १० बजे पीडित किशोरीको घरमा प्रवेश गरी ती किशोरले जबर्जस्ती करणी गरेको आरोप छ। घटनापछि फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा जेठ २५ गते कञ्चनरूप नगरपालिका–८ स्थित बेरियर चोक क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पीडित पक्षको जाहेरीका आधारमा पक्राउ परेका किशोरविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











