समाचार

कञ्चनपुर नगरअस्पतालको लापरबाहीको पराकाष्ठा: पुरुष बिरामीलाई पाठेघरको रिपोर्ट

कञ्चनरूप । सप्तरीको कञ्चनपुर नगर अस्पताल कता जाँदैछ? जनताको स्वास्थ्यमाथि खेलबाड कहिलेसम्म? 

कञ्चनपुर नगर अस्पतालको एउटा यस्तो गम्भीर र अचम्मको लापरबाही भर्खरै बाहिर आएको छ, जसले अस्पताल प्रशासनको गैरजिम्मेवारीपन र चरम लापरबाहीलाई प्रष्ट पार्छ। एकजना पुरुष बिरामी भिडियो एक्सरे (USG) गराउन अस्पताल जानुहुन्छ, तर अस्पतालले उनलाई पाठेघर (Uterus) सामान्य रहेको रिपोर्ट थमाउँछ!

एउटा पुरुषको भिडियो एक्सरे रिपोर्टमा पाठेघरको विवरण आउनु सामान्य गल्ती मात्र होइन, यो आम जनताको स्वास्थ्य र जीवनमाथि गरिएको सिधै खेलबाड हो।

हाम्रा प्रश्नहरू:

• डाक्टर र प्राविधिकहरूले रिपोर्ट तयार गर्दा र हस्ताक्षर गर्दा आँखा चिम्लेका हुन्?

• यस्तो गलत रिपोर्टका आधारमा भोलि बिरामीको गलत उपचार भएर ज्यान गएमा त्यसको जिम्मा कसले लिने?

• सरकारी बजेटबाट चल्ने नगर अस्पतालमा जनताले पाउने सेवा र गुणस्तर यही हो?

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरबाही किमार्थ सह्य हुन सक्दैन। कञ्चनपुर नगर अस्पताल प्रशासन र सम्बन्धित निकायको यस घटनातर्फ तुरुन्त ध्यान जाओस्। गल्ती गर्ने प्राविधिक/कर्मचारीमाथि कडा कारबाही गरियोस् र जनतालाई सही तथा सुरक्षित स्वास्थ्य सेवाको ग्यारेन्टी गरियोस्!

(भ्रम नपरोस् भनी प्रमाणका लागि पुरुष बिरामीको नाम र पाठेघर लेखिएको दुवै रिपोर्ट तल संलग्न गरिएको छ।)

   

You cannot copy content of this page