बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सप्तरीका पशु विकास अधिकृत दास सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कञ्चनरूप, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार डा. दास र यादवले भ्याक्सिनेटरहरूले खोप कार्यक्रम सम्पन्न गरेबापत पाउनुपर्ने पारिश्रमिक भुक्तानी गराइदिने नाममा २० प्रतिशत रकम कमिसनस्वरूप घुस माग्ने गरेको उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा कार्यालय प्रमुख डा. दासले सवारी चालक यादवसँग मिलेमतो गरी भ्याक्सिनेटरहरूलाई भुक्तानी लिन बाध्य बनाउँदै कम्तीमा २० प्रतिशत रकम घुस दिनुपर्ने अवस्था सिर्जना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। सो क्रममा उनीहरूले रु. १ लाख ३२ हजार ३५० घुस लिएको प्रमाण फेला परेपछि रकमसहित नियन्त्रणमा लिइएको थियो।

अख्तियारले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ग) बमोजिमको कसुर भएको ठहर गर्दै दुवै जनाविरुद्ध रु. १ लाख ३२ हजार ३५० बिगो कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागदाबी सहित बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपाने ले जारी गरेको विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका हुन्।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page