समाचार

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङ, २४ भदौ । धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार बिहान करिब १०ः१० बजे गल्छीतर्फबाट काठमाडौं जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको गल्छी गाउँपालिका–५ सागिनेका अन्दाजी ३३ वर्षीय मंगले भन्ने हरि तामाङ र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २२ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको कारणबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ।

You cannot copy content of this page