बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

भरतपुरमा ईभी कारमा आगलागी हुँदा एक पुरुषको मृत्यु

चितवन, २६ भदौ । चितवनको भरतपुरमा विद्युतीय कार (ईभी) मा आगलागी हुँदा कारभित्र रहेका एक पुरुषको जलेर मृत्यु भएको छ।

बिहीबार बिहान करिब ६ बजे भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको हो।

कारमा आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका थिए।

मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन। आगलागीबाट कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान तथा आगलागीको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page