काठमाडौं, भदौ २९ गते । सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार/प्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार/प्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास थालेको थियो।
खोजतलासका क्रममा भदौ २७ गते काठमाडौं नयाँ बसपार्कबाट पाँचथरको फिदिम नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बसपार्कमा बस्दै आएका २४ वर्षीय सरोज लामालाई पक्राउ गरिएको हो।
प्रहरीले लामालाई हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उनीमाथि वेश्यागमनको प्रचार/प्रसार गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।












