कञ्चनरूप । बडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुर स्थित रहेको चर्चित गहना पसल कृष्ण ज्वेलर्सले ग्राहकहरूका लागि विशेष छुट तथा उपहार योजना सार्वजनिक गरेको छ। घटस्थापनादेखि छठ पर्वसम्म लागु हुने गरी पसलले आकर्षक अफरहरू ल्याएको हो।
सञ्चालक कृष्ण स्वर्णकारका अनुसार सो योजना अन्तर्गत ग्राहकहरूले २४ क्यारेटका सम्पूर्ण गहना खरिद गर्दा मात्र ७.७५ प्रतिशत ज्याला/जर्ती (वेस्ट) मा प्राप्त गर्न सक्नेछन्। ज्वेलर्सका अनुसार आफ्ना गहनाहरू ९९ प्रतिशतभन्दा बढी शुद्धताका साथ बिक्री वितरण भइरहेका छन्।

यसका साथै, चाडपर्वमा खरिद गर्ने प्रत्येक ग्राहकका लागि विशेष स्क्र्याच कुपनको व्यवस्था गरिएको छ, जसबाट ग्राहकहरूले नगद तथा विभिन्न उपहारहरू जित्ने मौका पाउनेछन्।
व्यापारिक पारदर्शिता र ग्राहकको विश्वासलाई ध्यानमा राख्दै कृष्ण ज्वेलर्सले मात्र ०.५ प्रतिशत शुल्कमा १०० प्रतिशत ओरिजिनल बिल प्रदान गर्दै आएको छ। साथै, उक्त बिल सरकारी बिल पोर्टलमा अपलोड गरी ग्राहकहरूले रु. १ लाखदेखि रु. १५ लाखसम्मको सरकारी योजना अन्तर्गतको रकम जित्ने अवसर समेत प्राप्त गर्न सक्ने जनाइएको छ।
“हामी हाम्रा ग्राहकको विश्वासका लागि उत्कृष्ट सेवा र गुणस्तरमा सधैं प्रतिबद्ध छौं,” सञ्चालक स्वर्णकारले बताए, “यो पर्वमा ग्राहकलाई बचतसँगै खुसी बाँड्नका लागि हामीले यो विशेष अफर ल्याएका हौं।”













