राष्ट्रिय समाचार

भोलि मंगलबार इद उल फित्रका अवसरमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिने निर्णय भएको हो ।
नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ।

   

You cannot copy content of this page