आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
राजनीति

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा ६६ प्रतिशत मत खस्यो, जिल्ला भरीमा करिब ६२ प्रतिशत

कञ्चनरुप , ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मतदान सम्पन्न भएसँगै सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा ६६ प्रतिशत मत खसेको छ ।
क्षेत्र नम्बर १ मा कुल १ लाख १३ हजार १ सय ९५ मतदाता रहेकोमा ७५ हजार १ सय ८८ मत खसेको छ । यो कूल मतको ६६ प्रतिशत हो ।
सप्तरी जिल्ला भरीमा करिब ६२ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा सम्पन्न मतदानमा ६२ प्रतिशत मत खसेको हो ।
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ जना मतदाता छन् ।
अहिले मतदान केन्द्रहरूबाट मतगणना स्थलसम्म मतपेटिका लैजाने काम भइरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page