बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाज

सप्तरीमा युरिया मलको कालोबजारी गरेको आरोपमा एक युवक पक्राउ

सप्तरी, २७ मंसिर । सप्तरीमा युरिया मलको कालोबजारी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन ।
मंगलबार सप्तरीको राजबिराज नगरपालिका वडा नं.–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा प्रहरीले स्थानीय १९ वर्षीय राज कुमार दासलाई मलसहित पक्राउ गरेको हो ।
दासले संचालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी मुल्यमा लुकाई छिपाई भण्डारण गरी बिक्री बितरण गर्दै आई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । पसल खानतलासी गर्दा किराना आईटमहरु सँगसंगै नेपाल सरकारबाट अनुदानित रासायनिक मल अंकित खेती शक्ति मल लेखिएको ५० किलो युरिया मल ३५ बोरा समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त युरिया मलका बोराहरु नियमानुसार बरामद् गरी जरुरी पक्राउ पूर्जी दिई दासलाई पक्राउ गरी कालो बजार अन्तर्गत मुद्दा दर्ता गरिएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताउनु भयो ।
७ दिनको पहिलो पटक म्याद थप समेतको अनुमति लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page