समाचार

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ”, शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।”

घटनाकाबारे परिवारजन लगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ। 

   

You cannot copy content of this page