राजनीति समाचार

कञ्चनरुपमा विवाद झन बढ्दै, नगरप्रमुखले उप–प्रमुख पोखरेलमाथि दुर्व्यवहार गर्न लगाएको आरोप

कञ्चनरुप, १९ माघ ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा जनप्रतिनिधिहरु बिचको विवाद बढेको छ । उपप्रमुख मुना कुमारी पोखरेलको नेतृत्वमा रहेको जनप्रतिनिधिहरुले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुख ललन प्रसाद गुप्ताले युवाहरूलाई उठाएर दुर्व्यवहार गरेको आरोप लगाएपछि विवाद झन बढेको हो ।
उप–प्रमुख पोखरेल, ६ जना वडा अध्यक्षसहित १६ जनाले हस्ताक्षर गरेको विज्ञप्तिमा नगरप्रमुख गुप्ताले युवाहरूलाई उठाएर उप–प्रमुख पोखरेललाई अभद्र व्यवहार गरेको आरोप लगाएको छ ।
केही दिनदेखि सचिवहरु सरुवाको बिषय तथा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको स्वेछाचारी र मनोमानी विरुद्ध धर्नासहितको आन्दोलन जारी रहेको समयमा नगरप्रमुखको ईसारामा आएका स्थानीय ४०÷४५ जनाका युवाहरु मध्ये केहिले उप–प्रमुखलाई दुर्व्यवहार गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, पालिकाको कार्यालय परिसरमा करिब १ः३० बजेको समयमा बुधबार उप–प्रमुख मुनाकुमारी पोखरेललाई वडा नम्बर ८ का बिरेन्द्र गुप्ता (बिरु), किरण गुप्ता र वडा नम्बर ७ का पप्पुकुमार गुप्ताले दुर्व्यवहार गरेका छन्, आप्mनै अगाडि नगरप्रमुखले स्वकीय सचिवलाई पठाएर दुर्व्यवहार गरेकाले उहाँको पनि संलग्न छ भनी स्पष्ट हुन्छ ।
विज्ञप्तिमा यूवा समूह मध्ये केही युवाहरुले आफु पत्रकार भएको भन्दै उप–प्रमुख पोखरेललाई अनावश्यक प्रश्नहरु गरेर अभद्र व्यवहार गरेकोमा भन्दै घटनाको घोर भत्सर्ना समेत गरेको छ ।
घटनाको आवश्यक छानविन गरि उप–प्रमुख पोखरेलउपर दुर्व्यवहारको घटनामा संलग्न ब्यक्तिहरुलाई कारबाही गर्न प्रेस विज्ञप्तिमा जोडदार माग गरिएको छ । उप–प्रमुख पोखरेलमाथि हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गरि शान्ति सुरक्षाको लागि ब्यवस्था मिलाई दिन सम्बन्धित निकायहरुलाई जनप्रतिनिधिहरुद्वारा जारी प्रेस विज्ञप्तिमा अपिल समेत गरिएको छ ।
नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको एकल निर्णयले सचिव सरुवासहितका नगरपालिकाको विकासीय कार्य अगाडि बढाएको विरुद्धमा उपप्रमुख पोखरेलको नेतृत्वमा बहुमत कार्यपालिका सदस्य नगरपालिका अगाडि २ दिने धर्ना समेत बसेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page