मधेस प्रदेश समाचार समाज

यातायात व्यवस्था कार्यालय जनकपुरबाट २ जना बिचौलिया प्रकाउ

जनकपुर, ३ फागुन । यातायात व्यवस्था कार्यालय जनकपुरबाट बुधवार २ जना बिचौलिया प्रकाउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी लोहरपट्टी नगरपालिका ३ बस्ने वर्ष ३३ को अनिल साह र जिल्ला महोत्तरी एकडारा गाउँपालिका ३ वस्ने वर्ष ३५ को विरेन्द्र साह रहेका छन् ।
जनकपुर उपमहानगरपालिका १४ स्थित रहेको यातायात व्यवस्था कार्यालय जनकपुरमा सेवा ग्राहीहरू संग तोकेको कर शुल्क भन्दा बढी रकम लिई रहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको छ भन्ने गोप्य सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजनाको जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसान्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page