मधेस प्रदेश समाचार समाज

सप्तरीमा बुवाको हत्या गरी फरार रहेका छोरा पक्राउ

सप्तरी, ३ फागुन । सप्तरीमा बुवाको हत्या गरी फरार रहेका आरोपित छोरा पक्राउ परेका छन । हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ६५ वर्षीय जगदिश रामको हत्या गरी फरार रहेका उनका ३५ वर्षीय छोरा देवकुमार राम मंगलबार पक्राउ परेका हुन ।
फरार रहेका आरोपित पछिल्लो समय गाउँघरमा नै लुकीछिपी बस्दै आएको र गाउँघरमै रहेको जानकारी पछि मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिनुभयो ।
आफ्नै घरमा बसिरहेका बेला २०७६ बैशाख २१ गते राति देवकुमारले घरायसी विवादमा बुवाको हत्या गरेका थिए । जग्गा जमिनका विषयमा बुवाछोराबीच विवाद रहेको थियो । घटनापछि मृतककी जेठी बुहारी ३० वर्षीया सुनीतादेबी रामले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयले घटनाको भोलिपल्टै उजुरी दर्ता गरेपनि आरोपित ३ वर्षदेखि पक्राउ परेका थिएनन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page