मधेस प्रदेश समाचार समाज

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई ४ वर्ष ८ महिना कैद सजाय

राजविराज । सप्तरीमा १८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई शुक्रबार ४ वर्ष ८ महिना कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने र आठ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने फैसला भएको छ ।
अर्का आरोपित रुपनी गाउँपालिका–४ छप्कीका २० वर्षीय प्रदिप भनिने आनन्द राममाथिको अभियोगमा दावी नपुग्ने भन्दै ०७९ चैत १ गते नै सफाइ पाइसेका छन् ।
यस अघि जिल्ला अदालतको ०७६ भदौ ११ गतेको इजलाशले बालकलाई बालसुधार गृह विरगञ्जमा र आनन्दलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । कोरोना संक्रमणको विपद व्यवस्थापनका लागि अदालतको सेवा प्रवाह समबन्धी ०७६ चैत ७ गतेको परिपत्र अनुसार बालकलाई अदालतले तोकेको तारेखमा नियमित उपस्थित हुने गरी ०७६ चैत ११ गते बुबाको जिम्मा लगाएको थियो ।
आनन्द राम उच्च अदालत जनकपुर राजविराज इजलाशबाट ०७६ पुस २ गते दुई लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।
आरोपितहरुले ०७६ साउन १७ गते राति बलात्कार गरेको भन्दै पीडितकी आमाले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी लिएर आएका बेला पीडित महिनाबारी भएकीले पीडितको स्वास्थ्य परिक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा साउन २२ गते मात्र भयो ।
बुवा–आमा घरमा नभएका बेला घरको बार्दलीबाट प्रवेश गरेका बालकले बलात्कार गरेको र आनन्दले घर बाहिर वरण्डामा पहरा दिएको पीडितले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयले साउन २० गते उजुरी दर्ता गरेको थियो । सोही दिन दुबै जना आरोपित गिरफ्तार भएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page