मधेस प्रदेश समाचार

जोखिम नलिए सम्म कोही पनि अगाडि बढन नसक्ने : जनमत पार्टीका अध्यक्ष डा. राउत

राजबिराज, १६ चैत । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जोखिम नलिए सम्म कोही पनि अगाडि बढन नसक्ने बताउनु भएको छ । रामनवीको अवसरमा बिहीबार सिप्तरीको भारदह स्थित राजधोव समुदायका लखाय बाबा मन्दिरको उदघाटन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहनुभएको अध्यक्ष राउतले सो कुरा बताउनु भएको हो ।
राउतले आज भोली सबै आफ्ना छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खोज्ने गरेकोले यस्ता प्रबृत्तिबाट समाजको बिकास हुन नसक्ने बताउनु भयो ।
हाम्रो जातिय समाजको बिकास तब मात्र संभव हुनसक्छ जव आ–आफ्नो परिवारमा जो बच्चा जे बन्न ,पढ्न चाहन्छ अभिभावकले त्यसमै हौसला प्रदान गर्नेछ, उहाँले भन्नुभयो, ईतिहासको महत्व छ ,तर ईतिहास मात्र सबै होईन ,ईतिहास, बिगत देखाएर मात्र हुदैन, आजको समयमा हामी कति गर्न सक्छौं त्यो महत्वपुर्ण हुन जान्छ । राजधोव जाती अझै शिक्षामा पछाडी रहेकाले शिक्षामा बढी ध्यान दिन जरुरी रहेको समेत बताउनु भयो ।

उक्त अवसरमा प्रतिनिधि सभा सदस्य राउतले रिवन काटेर लखाय बाबाको मन्दिरको शुभआरम्भव समेत गर्नुभएको छ ।
समारोहमा प्रदेश सभा सदस्य सतिश कुमार सिँह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, राजधोग महासँघ नेपाल भारत केन्द्रीय अध्यक्ष बिखो माझी लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
लखाय बाबा मन्दिर उदघाटन कार्यक्रममा नेपाल र भारतवाट राजधोव स्वजातिय संगठनहरूका मैनजन, थानपति तथा सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
भारदह स्थित कंकालनी मन्दिर छेउमा लखाय बाबाको मन्दिर राजधोव समुदायका ब्यक्तिहरुको आर्थिक सहयोगमा निर्माण गरेर मुर्ती स्थापना गरेको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page