काठमाडौं । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनलमा खेलमा लाओसलाई २–१ गोलले हराउँदै नेपालले उपाधि जितेको हो ।
खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ अौँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।
खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ ले जिताए ।
नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।
Add Comment